arrow

कास्की प्रहरी प्रमुख थापा पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
mohan-kumar-thapa-sp.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा पुरस्कृत भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले उनलाई २५ हजार नगदसहित पुरस्कृत गरेको हो । शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबापत थापालाई पुरस्कृत गरिएको हो ।

आज पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले एसपी थापालाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।

शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले उनलाई शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ