arrow

राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेट टेबुल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
narayan-dahal-upper-house.jpg

काठमाडौँ ।  राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ । सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट टेबुल गरेका हुन् ।

यसैबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोकेका छन् ।  
    
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते आइतबार अपराह्न १:१५ बजे बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ