arrow

धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयो - प्रकाशशरण महत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
prakashsaran-mahat-2080-08-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताएका छन् । 

उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताए । उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको बताए । 

उनले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भउको बताए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताए ।

उनले भने, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रुपमा हेरिसकेपछि निस्कर्षमा पुग्न सकिन्छ । तर समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरुले प्राथमिकताको कुरा गर्नुभएको छैन । अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने, यि कुनैपनि कुरा गर्नुभएको छैन । सायद उनहरुले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन गर्नुभएको छ । धेरै पुराना आयोजना अलपत्र हुनेवाला छन् । अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन । बजेटमा धेरै विषयवस्तु छुने कोशिष गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन ।’

सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ