arrow

मुख्यमन्त्री ताकेका विन्दु सामाजिक विकास मन्त्री, अर्थमा गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
Bindu-K-Thapa.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा कास्कीका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेतासमेत रहेका थापा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा कानुन मन्त्री बनेका थिए ।

नेता थापाले आफू मुख्यमन्त्री बन्ने दावी गर्दै प्रदेशसभा निर्वाचनमा होमिएका थिए । 

मुख्यमन्त्री पाण्डेले प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी लमजुङका डा. टकराज गुरुङलाई नियुक्त गरेका छन् । 

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्रीमा पाण्डे आजै नियुक्त भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ