arrow

नवनियुक्त मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
surendraraj-pandey-81-2-16-oath.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् । 

यस्तै मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद्  विस्तार गरेका छन् । पाण्डेको मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् ।

कास्कीका थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले शपथ लिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

यद्यपि उनीसँग बहुमत भने छैन । यसअघि एमालेका मुख्यमन्त्री खगराज अधिकारीले सभामुखको मतसहित मुख्यमन्त्रीमा बहुमत पुर्याएको दाबी गरेका थिए । 

उनको त्यो बहुमत र सभामुखको भूमिकालाई अदालतले उल्टाइदिएको थियो । अब गण्डकी प्रदेश कसरी अगाडि बढ्छ आगामी दिनले तय गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ