arrow

कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
vincent-company-2024.jpg

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन वर्षको सम्झौता गरेका हुन् ।

साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ। यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो ।

म्यानचेस्टर सिटीका पूर्व कप्तानसमेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भए पनि दुई सिजन खेलेपछि फेरि रेलिगेसनमा परेको छ ।

अर्कोतर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दीर्घकालीन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ वर्षीय कम्पनीलाई भित्र्याएको बताइएको छ ।

हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा भएका छन् । बायर्न यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियाल म्याड्रिडसँग पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ