arrow

कैलाश सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
kailash-sirohiya-kantipur.jpg
तस्बिर – फाइल ।

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान शुरु भएको छ । 

प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी शुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ