arrow

फेवातालबाट अस्ट्रेलियन नागरिक लाउराको उद्धार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
fewa-lake-uddar.jpg

पोखरा । फेवातालको बीचमा फँसेकी अस्ट्रेलियन नागरिकको उद्धार गरिएको छ ।

बिहीबार दिउँसो आएको हावाहुरीका कारण तालमा फसेकी २७ वर्षीय लाउराको सशस्त्र प्रहरी बल नंम्बर २४ कालिका गणको टोलीले उनको उद्धार गरेको हो ।

उनी काठको डुंगा भाडामा लिएर फेवातालमा सयर गरेकी थिइन् । 

हावाहुरीमा परी बीच तालमा अतालिएर उद्धारका लागि चिच्याइरहेका बेला सशस्त्र प्रहरी टोली पुगेको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए । 

सशस्त्रको फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष विपद् व्यवस्थापन टोलीले उक्त घटना भएलगत्तै तुरुन्त परिचालित भइ उद्धार गरेको थियो ।

सकुशल उद्धार भएपछि उनले प्रहरीलाई धन्यवाद दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ