arrow

युरोपा कन्फेरेन्स लिगको उपाधि ओलम्पियाकोसलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
olympiacos-europa-league-20.jpg

काठमाडौँ । ग्रीसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा ओलम्पियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिम गोलरहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ओलम्पियाकोसको जितमा खेलको ११६औ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो ग्रीसको क्लब बनेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ