arrow

बिरामी बन्दै अस्पताल

वीर अस्पताल भ्रष्टाचारको अखडा बन्दै, छानबिन गरी कारबाही गर्न प्रधानमन्त्रीलाई माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
bir-hospital-final-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मुलुककै सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पताल अहिले भ्रष्टाचारले गर्दा कमजोर हुँदै गएको छ । हरेक चिजमा भ्रष्टाचार बढ्दा दूरदराजबाट आएका बिरामीले स्तरीय सेवा नपाइकनै फर्कनु परेको छ । 

योग्य चिकित्सकहरुसमेत आफ्नो कार्यक्षेत्रमा नबसिदिँदा सिकारुको भरमा उपचार गराउन बिरामीहरु बाध्य छन् । जसका कारण सामान्य रोग पनि सहजै निको नहुने अवस्था आएको छ भने सिकारुका लागि सबै बिरामी परीक्षणका लागिमात्र भएका छन् । 

त्यतिमात्र होइन अस्पतालभित्रै केही फार्मेसीहरुसमेत छन् । तर चिकित्सकले लेखिदिने औषधि हुँदैन । यसले गर्दा मर्का बिरामीलाई नै परेको छ । अनि अस्पताल बाहिर खुलेका निजी फार्मेसीबाट चर्को मूल्यमा औषधि किन्नु पर्छ । 

फार्मेसीका कर्मचारी छुट माग्दासमेत 'भाग पुर्याउनु पर्छ यहाँ भन्दा त  डिस्काउन्ट दिन सकिँदैन' भनेर पन्छिन्छन् । 

इमरजेन्सीमा भएका बिरामीलेसमेत बाहिरबाटै औषधि किन्नुपर्छ । बिमाको धेरैजसो औषधिसमेत अस्पतालले उपलब्ध गराउने गरेको छैन ।

यी यावत् समस्यालाई ध्यानमा राखेर वीर अस्पताल कर्मचारी परिवारले भने अस्पतालमा भएको व्यापक अनियमितता छानबिन गरी आवश्यक कारबाही गर्न प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार लगायतमा पत्र लेखेका छन् । 

यस्तो छ पत्र–  
२०८१/०२/१८ 
सम्माननिय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय 
सिंहदरबार ,काठमाडौँ
श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग 
टंगाल ,, काठमाडौँ
श्रीमान सचिव ज्यू
राष्ट्रिय सतर्कता केन्द्र 
सिंहदरबार ,काठमाडौं 
श्रीमान सचिव ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
रामशाहपथ ,काठमाडौं 
श्रीमान महानिर्देशक ज्यू 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग 
पुल्चोक ,ललितपुर 


विषय : वीर अस्पतालमा भएको व्यापक अनियमितता  (भ्रष्टाचार) छानविन गरि  आवश्यक कारबाही गरी पाऊँ ।

 सम्माननीय, माननीय एंव  श्रीमान ज्यू

देशकै ठूलो  र पुरानो  अस्पताल वीर अस्पतालमा  पटक पटक अनियमितता भएको सार्वजनिक भएकै छ भने अस्पतालका कर्मचारीहरुले पनि आवाज उठाउनुभएको छ प्रधानमन्त्री कार्यलयबाट ती विषयमा स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण समेत गराउने गरेको छ । अक्तियार दुरुपयोगबाट पनि वीर अस्पतालमा र स्वास्थ्य मन्त्रालय मा पत्राचार गरिरहेको छ , राष्ट्रिय सतर्कता केन्द्रले त दुई पटक बिस्तृत अध्ययन गरी अनियमितता देखिएको भनी प्रतिवेदन प्रधानमन्त्री कार्यलय,आवश्यक थप अध्ययन र कारबाहीको लागि अक्तियार दुरुपयोग अनुसन्धान लाई प्रतिवेदन पेश गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई आवश्यक निर्देशन पनि दिएको थियो तर हाल सम्म ती अनियमितता (भ्रष्टचार)मा संलग्नलाई कुनै कारबाही भएको छैन ।

हाल अहिले  पनि यस वीर  अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको छ । टेन्डर बाट  सामान नलिने कोटेश्वनमा पटक पटक गरी करोडौँको सामान खरिद गर्ने गरेको,विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता । ५० हजार माथि को सामान   कोटेशनमा समान लिन परेमा अनलाइनमार्फत लिने ब्यवस्थापकको निर्णय हुँदा पनि अनलाइन घटाघट नगरी  कमिसनकोलाई महँगोमा आफूनिकट  व्यापारीसँग सिधै लिने गरेको (निर्देशक साँझ ५ बजेपछि कार्यालयमा व्यापारी  लक्ष्मण गौतम लगायतलाई  बोलाउँदै पैसा बुझ्छन्,निज निर्देशक डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख हुँदा पनि अनियमितता गरेकाले अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भैरहेको छ), समयमै टेन्डर नगरी कोटेशनमा समान लिई करोडौँ कमिसन खाने गरेका छन् । अनावश्यक (नचाहिने ) सामान करोडौं को मगाएर राख्ने  ( स्टोर र फार्मेसीमा )तर आवश्यक औषधि,समान नमगाउने , कर्मचारी को १२ महिना देखिको अतिरिक्त समय काम गरे वापतको पारिश्रमिक नदिने तर कमिसन को लाई अनावश्यक करोडौं सामान मगाएर थन्किएको  छ स्टोर मा आएर हेर्दा स्पष्ट थाहा हुन्छ ।वीर अस्पताल फार्मेसीमा बिमा लगायतका मेडिकल ओखती छैन गरिब बिरामीहरु मर्कामा छन् ।

कमिसन नपाएको कारण मेडिसिन मगाएका छैनन् ।केही (केही मात्र )सर्जरी सम्बन्धी डाक्टर र केही स्वास्थ्यकर्मीले कमिसनको लागि गुणस्तरहीन र महँगो मेडिसिन लेख्ने गरेको र अस्पताल फार्मेसीमा किन्न नपठाई अस्पताल बाहिर फार्मेसीमा पठाएर कमिसन खान्छन  ,कमिसन नपाएका कारण मेडिकल माफिया निर्देशक लगायत समुहले ल्याव को रिएजेन्ट नमगाएको जसले  गर्दा अस्पतालमा धेरै र महत्त्वपूर्ण जाँच हुदैन , निदेशक डा सन्तोष पौडेल ,स्टोर का टिकाराम पनेरु खरिद का प्रमुख र केही सदस्य तथा प्रशासन प्रमुख ,शाखा अधिकृत ले विभित्र सामान ,उपकरण दाखिला गर्दा  ( ओटी टेवल, ओटी लाइट ,टोमोथेरापि, जेनेटिक, ऐक्सरे, मेडिसिन लगायत थुप्रै ) मात्रै  प्रति दाखिला १०-१५ लाख दिए पछि मात्रै दाखिला गर्ने गरेको कर्मचारी र ब्यापारीहरु नै बताउँछन् । साथै प्रतिष्ठान आर्थिक प्रमुख र  पदाधिकारी ले समेत बताउँछन् ,कर्मचारी भर्नामा २-३ लाख उठाउने गरेको छन  हालै बिज्ञापन भएको १०० नर्स मा पनि आफुनिटक लाई  २-३ लाख लिदै नाम निकाल्छु भनेर पौडेल को समुहले २०-३० जना जम्मा गरेको परीक्षा समिति सोत् बताउछ उनी प्रश्न पत्र नै दिने भनेर   निर्देशक र उनको टिमले भन्दै छ यो समन्धमा कर्मचारी ले प्रतिष्ठान मा कुरा गर्दा  प्रशासन प्रमुख आफूले पनि सुनेको तर यो भन्दा बढी थाहा नभएको निर्देशक आफू कहाँ कुनै फाइल ल्याइदैनन् सिधै माथि जान्छन् अरु थाहा भएन एक पदाधिकारी ले भने । 

नर्सिङका केही प्रमुख काम नगर्ने खाली तालिम ,गोष्ठी मात्रै भनेर भत्ता मात्रै  खाने अस्पताल अनुगमन नगर्ने,नर्सिङको समस्या नबुझ्ने , पैसा कमिसन नदिने सहायक नर्सलाई तालिममा नपार्ने, पैसा नदिने नर्सलाई पटक पटक महिनै पिच्छे सरुवा गरेर  दुःख दिनेलगायत काम गर्छिन न्याम्स को स्टोर र परीक्षा शाखामा दशकौँदेखि उहीँ मात्रै कर्मचारीहरु राखेर अनियमितता भैरहेको छ । यस वीर अस्पतालमा यतिका भष्टाचार हुने गरेको छ ।
 
यो आ व २०८०/८१ को सम्पुर्ण आम्दानी  र खर्च (आन्तरिक र नेपाल सरकारको अनुदान  )साथै  बर्ष भरिको टेन्डरमा के कति मेडिकल ,जनरल र फार्मेसी समान ,उपकरण  कुन फर्म सँग खरिद गरेको सो को खर्च र के कति मौज्दात छ साथै  कोटेशनमा कुन कुन समान खरिद  गरेको कुन फर्मसँग कति मूल्यमा लिएको हो सो सबै छानबिन गरी अनियमितता (भष्टाचार )गर्ने माथि आवश्यक कारबाहीको लागि अनुरोध गर्दछौँ । साथै उल्लेखित ब्यक्ति र शाखाका कर्मचारी को सम्पत्ति समेत छानबिन गरि पाऊ। यस अनियमितता  विषयमा प्रतिष्ठान पदाधिकारि सग कुरा राख्दा कुनै सुनुवाइ भएको छैन । 


    वीर अस्पताल कर्मचारी परिवार 
                    २०८१,

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ