arrow

कभानीको अप्रत्याशित संन्यास घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
kavani-retirement.jpg

काठमाडौँ । उरुग्वेका फुटबल स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

कोपा अमेरिकाका लागि टिममा छनोट भएका कभानीले अप्रत्याशित रुपमा संन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय कभानीले सामाजिक सञ्जालमा लेख्दै संन्यासको घोषणा गरेका हुन् ।

कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागीता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि संन्यासको घोषणा गरेका छन् ।

कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन् ।

कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ