arrow

भारतमा भएको बंगलादेशी सांसद अनारको हत्यामा संलग्न केही संदिग्ध नेपालमा रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
bangladesh-azim-anar-mp-kil.jpg

काठमाडौँ । भारतमा भएको बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणका केही सशंकित व्यक्ति नेपालमा रहेको स्रोतको दाबी रहेको छ । 

उनको हत्यामा केही व्यक्तिहरु भारतमै पक्राउ परेको भए पनि केही व्यक्ति नेपालमा रहेको भारतीय गुप्तचर संस्थाहरुले जनाएका छन् ।

 ‘बंगलादेशी सांसदको हत्यासँग जोडिएका एक नागरिक नेपालमा रहेको पत्ता लागेको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीसँग उनको खोजबिनको लागि समन्वय गरिरहेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने ‘यो विषयमा हामी सचेत छौ ।’ 

उनको हत्यामा संलग्न भारतमै पक्राउ परेका जिहाद हवलदारले सोधपुछका क्रममा यो उनको शव टुक्रा टुक्रा पारेर फालेको प्रहरीलाई बयान दिएका थिए । यो विषयमा नेपाल प्रहरीले केही बताएको छैन । 

बंगलादेशको गुप्तचर अधिकारीहरूले सांसद अनवरुलले आफ्नो अमेरिकी साथी र आरोपी मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करीको र्याकेट चलाउने गरेको अधिकारीहरूले आशंका गरेका छन् । 

यस अन्तर्गत उनीहरु दुबईबाट बंगलादेश हुँदै भारतसम्म सुनको ओसारपसार गर्ने गर्दथे । गत वर्ष अख्तरुज्जमान र बंगलादेशी सांसदले पैगम्बरमा थप हिस्सेदारीको लागि आग्रह गरे, जसले उनीहरूबीच विवाद मच्चियो । 

केही समयपछि अख्तरज्जमानले अनवरुल एक्लैले करिब ८० करोड भारु बराबरको सुनको तस्कर गरिरहेको थाहा पाएको बताइएको छ । त्यसपछि अख्तरुज्जमान र अनवरुलबीचको मित्रतामा दरार आयो ।

बंगलादेश प्रहरीले अन्वारुलको हत्यामा थप प्रभावशाली व्यक्तिको नाम पनि हुनसक्ने आशंका व्यक्त गरेको छ । रिपोर्टका अनुसार उनलाई मार्ने योजना गत फ्रेब्रुअरी र अप्रिलको बीचमा बनाइएको थियो । 

हत्या गरी अमेरिका भागेका अभियुक्त अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेशले इन्टरपोलको सहयोग लिने जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ