arrow

किङ कपको उपाधि अल हिलाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
alhilal-king-cup.jpg

काठमाडौँ । साउदी अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो । 

यसअघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो ।  १–० गोलले पछि परेको अल नासरले खेलको ८८औँ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।  

अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गरेका थिए भने अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए । 

यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए ।  खेलको ५६औं मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७औं र ९०औं मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए । 

३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको तिह्यो । 

पेनाल्टी सुटआउटमा अल हिलाल ५–४ ले विजयी भयो र उपाधि जितेको थियो । 

यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११औँ किङ कपको उपाधि हो ।   

अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेले पनि केवल ६ पटक यो उपाधि जितेको छ ।  पछिल्लो पटक अल नासरले १९९० मा यो उपाधि जितेको थियो । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ