arrow

सन्काहा प्रशिक्षक मोरिन्हो टर्किश लिगमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
jose-mourinho1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सन्काहा एवं चर्चित फुटबल प्रशिक्षक होजे मोरिन्हो टर्टिश लिगमा जाने निश्चित भएको छ । मोरिन्हो टर्किश लिगको क्लब फेनेर्बाचेको  प्रशिक्षक बन्ने भएका हुन् । मोरिन्होले फेनेर्बाचेका लागि २ वर्षको सम्झौता गर्ने भएका छन् ।  

उनलाई गत जनवरीमा इटालियन क्लब एएस रोमाले बर्खास्त गरेको थियो । केही दिनअघिदेखि प्रिमियर लिग चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्यामदेखि साउदी लिग अल नासरसम्म जाने चर्चा चलिरहेका बेला मोरिन्होले टर्किश लिग रोजेका हुन् ।

फेनेर्बाचे टर्किएको सफल क्लबमध्ये एक हो । हालै सम्पन्न सिजनमा लिगमा दोस्रो भएको थियो । फेनेर्बाचेले अहिलेसम्म १९ पटक टर्किश सुपर लिगको उपाधि जिते पनि पछिल्लो १० वर्षमा भने उपाधि जित्न सकेको छैन । पछिल्लो पटक फेनेर्बाचेले २०१३–१४ सिजनमा लिग उपाधि जितेको थियो ।

पार्चुगिच फुटबल प्रशिक्षक मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षकमध्ये एक हुन् । उनले पोर्टो र इन्टर मिलान जस्ता क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ