arrow

एमाले राष्ट्रिय शक्ति बनेमात्र देशमा आमूल परिवर्तन : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
ishwor-pokhrel-pokhara-2081-02-19.jpg

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताएका छन् ।

नेकपा एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गरे ।

एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित नभएसम्म देशका समस्या समाधान गर्न नसकिने उनले जिकिर गरे । उनले भने, ‘राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दा प्रभावकारी ढंगले उठाउन सकिँदैन ।’

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै उनले एमाले कुनै मोर्चाको पक्षमा नरहेको स्पष्ट पारे ।

नेता पोखरेलले थपे, ‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौँ । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठूल्ठूला कुरा गर्ने कामचाहीं अर्कै गर्छन् । वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता आवश्यक छ ।’

कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन सक्ने उनको भनाइ छ । ‘कामको आधारमा एकता हुन्छ । सकारात्मक काम गर्नेहरु मात्रै एकठाउँमा जम्मा हुन्छन्’, उनले भने ।

स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीन वटै तहमा एमालेले बहुमत ल्याउनुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

क्षेत्रफलको हिसाबले दशकै ठूलो महानगरपालिका बनाउन चुनौती भएपनि एमालेलेबाहेक अरुले बनाउन नसक्ने उनले जिकिर गरे ।

एमाले पोखरा महानगर कमिटीकअध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटी अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले बोलेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ