arrow

एग्जिट पोलमा भाजपाले बहुमत ल्याउने देखिएपछि भड्किए राहुल गान्धी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
rahul-gandhi.jpg

काठमाडौँ । भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एग्जिट पोलबाट कमजोर आँकलन भएपछि कांग्रेस नेता राहुल गान्धी भड्किएका छन् ।

भारतीय जनता पार्टी भाजपाले पुनः भारी बहुमत ल्याउने अनुमान गरेपछि न्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।

अधिकांश च्यानलहरूको एक्जिट पोलले भाजपा नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।

गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने, ‘यसको नाम एग्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।’

निकै मेहनत लगाएर गरिएका करिब दर्जन एग्जिट पोलको अनुमान अश्विकार गर्दै गान्धीले कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबी गरेका छन् ।

शनिबार राति सार्वजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।

भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ । सबै एग्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

गान्धीले जतिसुकै गाली गरे पनि दुई राज्यको विधान सभा निर्वाचनमा भने कांग्रेसले एक सिट पनि जितेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ