arrow

सेवाग्राहीसँग लाख रुपैयाँ लिने चौधरीसहित तीनविरुद्द भ्रष्टाचार मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
तस्बिर-फाइल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् भुक्तानी दिनेक्रममा सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

यस्तै, आयोगको टोलीले रु एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान रु दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



नयाँ