arrow

सांसदको हाटा संस्कृतिले घट्दै संसदको गरिमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
parliament-less-mps-81-2-21.jpg

काठमाडौँ । सांसदहरुले आफ्नो दायित्व भुल्दै जाँदा संसदको गरिमा घट्दै गएको छ । सांसदहरूको हाटा (हाजिर गर्ने अनि टाप कस्ने) प्रवृतिले संसदको गरिमा घट्दै गएको हो । 

प्रतिनिधि सभा बैठकमा यतिबेला आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी छ । तर संसदमा सांसदहरुको संख्या न्यून छ । 

सांसदहरुले संसदमा हाजिर गर्ने, अनि पाए शून्य समयमा बोल्ने तथा बजेटमाथि धारणा राखेर टाप कस्ने प्रवृत्ति अँगालेका हुन् । 

कतिपय सांसदहरु त शून्य समयमा बोलेर टाप कस्ने खालका पनि छन् । संसद अवरुद्ध भए बरबादै भयो भनेर डंका पिट्ने अनि खुल्यो भने रित्तै पारेर हिँडिदिने प्रवृृत्तिकै कारण सांसदहरुले आफ्नो खुट्टामा बञ्चराले हानिरहेका हुन् । 

यतिसम्मकि सत्ता पक्षीय सांसदहरुसमेत यो गलत प्रवृत्तिबाट मुक्त हुन सकेका छैनन् । पछि पछि बोल्ने सांसदहरुले सुन्ने कम हुँदा डेस्कबेन्चलाई सुुनाएजस्तो पनि भान हुन्छ । 
 

parliament-less-mps-81-2-21 (1).jpg
parliament-less-mps-81-2-21 (2).jpg
parliament-less-mps-81-2-21 (3).jpg
parliament-less-mps-81-2-21 (4).jpg
parliament-less-mps-81-2-21 (5).jpg
parliament-less-mps-81-2-21 (6).jpg
parliament-less-mps-81-2-21 (7).jpg
parliament-less-mps-81-2-21 (8).jpg
parliament-less-mps-81-2-21 (9).jpg
parliament-less-mps-81-2-21 (10).jpg
parliament-less-mps-81-2-21 (11).jpg
parliament-less-mps-81-2-21 (12).jpg
parliament-less-mps-81-2-21 (13).jpg
parliament-less-mps-81-2-21 (14).jpg
parliament-less-mps-81-2-21 (15).jpg
parliament-less-mps-81-2-21 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ