arrow

ईश्वर पोखरेलको विश्लेषणमा चौतर्फी घेराबन्दीबीच एमाले मजबुत शक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
ishwor-pokhrel-new.jpeg
तस्बिर-फाइल

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताएका छन् ।

एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिध्याउन बनाएका योजना असफल भएको बताएका हुन् ।

“जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितिमा विपक्षीलाई परास्त गर्नसक्ने सङ्गठन बनाउन नेता-कार्यकर्ता लाग्नुपर्छ”, उनले भने, “नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पार्टी सदस्यता दोब्बरले वृद्धि गर्न र जनताको मागअनुसार सेवा पुर्याउन केन्द्रित हुनुपर्छ ।”

‘सुखी नेपालीः समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारीमार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनको भनाइ छ ।

व्यवस्था परिवर्तनका लागि अधिकारको लडाइँ टुङ्गिएकाले अब भ्रष्टाचार, अनियमितता, बेथिति तथा समाजका कुरीतिविरुद्ध लडनुपर्ने धारणा राखे ।  

उनले रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ