arrow

नेपाल यूएईसँग पराजित, अन्तिम खेल यमनसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
football-nepal-uae-2023-11-16.jpg
फाइल तस्बिर

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको बिहीबार राति भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । 

साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  यूएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।

अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । 

जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । 

पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ