- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले दक्षिणकालीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
सक्रिय युवा समूह र फर्पिङ सेकेन्डरी स्कुल दक्षिणकाली नगरपालिका वडा ६ को आयोजना तथा केएमसीको प्राविधिक सहयोगमा फर्पिङ सेकेन्डरी स्कुलको विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर गरिएको हो ।
शिविरमा ६९३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ८७ जनाको ईसीजी, ११३ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो ।
२७ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।