arrow

आरसीटीको पाँच महिने ग्रासरुट कार्यक्रम सम्पन्न, परिस्कृत योजना ल्याउने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
rct-grass-root-2081.jpg

काठमाडौँ । अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । 

क्लबको आयोजनामा शनिबार पाँच महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रम सकिएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा २२ किशोरीसहित एक सय ३० खेलाडीको सहभागिता रहेको थियो । आठ वर्षदेखि १४ वर्षसम्मका खेलाडीको सहभागिता रहेको कार्यक्रमलाई नौ फुटबल प्रशिक्षकले सञ्चालन गरेका थिए । त्यसमा मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठ रहेका थिए । 

समापन समारोहमा क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले थप ग्रास रुट कार्यक्रम गर्ने योजना रहेको बताए ।

काठमाडौँमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो । काठमाडौँ महानगरको सहयोग तथा लैनचोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा भएको कार्यक्रम गत वर्षको माघ महिनादेखि शुरु भएको थियो । आरसीटी नेपालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लबमध्ये एक रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ