arrow

जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
narayankaji-shresth-01-25.jpg
तस्बिर-फाइल

गोरखा । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले हरेक नेपाली जनताको जीवनस्तर उकास्ने गरी काम गरिरहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गोरखाको सिरानचोक गाउँपालिका-८ मा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनैतिक अधिकार प्राप्त गर्नेमा मात्र पछिल्लो राजनीतिक परिवर्तन समर्पित हुन नहुनेमा सरकार स्पष्ट रहेको बताए । 

“जनताको जीवनस्तर कसरी फेर्न सकिन्छ भनेर हामी लागिपरेका छौँ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “गणतन्त्र प्राप्तिसँगै हरेक नेपाली जनताको सामाजिक, आर्थिक अधिकारसमेत परिवर्तन होस् भनेर सरकारले सोहीअनुसार काम गरिरहेको छ ।” 

जनताले अझै पनि राजनीतिक परिवर्तन पूरै अनुभूति गर्न नपाएको भन्दै उनले हरेक नागरिकको दैनिक जीवनस्तरमा परिवर्तन ल्याउन सके मात्र सबैले राजनीतिक परिवर्तनको महसुस गर्ने उल्लेख गरे । 

“गणतन्त्रसँगै संविधानसभामार्फत बनेको संविधानले नेपाली जनतालाई थुप्रै अधिकार दिएको छ,” उनले भने, “तर संविधानप्रदत्त सबै अधिकार जनताले महसुस गर्ने गरी उपभोग गर्न पाइसकेका छैनन् ।” 

उनले अहिले भएको परिवर्तनको मुख्य उद्देश्य हरेक जनताको जीवनस्तरमाथि उकास्नका लागि भएको बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले भने, “आर्थिक तथा सामाजिक हिसाबले जनताको जीवनमा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनले मात्र परिवर्तनको अनभूति हुँदैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ