arrow

सभ्य समाज निर्माणमा सामुदायिक सेवा केन्द्रको भूमिका महत्वपूर्ण : डीआईजी सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
dig-durga-shing.jpg

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंहले सामुदायिक सेवा केन्द्रले विकृति विसंगतिरहित सभ्य समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।

सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्र लेखनाथद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रममा डीआईजी सिंहले यस्तो बताएकी हुन् ।

उनले मानवीय सेवा आजको आवश्यकता भएकाले आगामी दिनमा सेवा केन्द्रले शिक्षा र संस्कारलाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

समाजमा हुने विभिन्न किसिमका हिंसा मानिसबाटै हुने भएकाले यसको न्यूनीकरणका लागि मानिस आफैं सचेत हुन जरुरी रहेको उनले स्पष्ट पारिन् ।

पत्रकार शुष्मा पौडेलले लैङ्गिक तथा घरेलु हिंसाको परिचय, लैङ्गिक हिंसाले समाजमा पार्ने असर, हिंसाको प्रकार, पीडितलाई हुन सक्ने सामाजिक तथा मानसिक असर, आर्थिक र यौनिक क्षतिका साथै कानुनी व्यवस्थाको लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

पोखरा-२७ इलाका प्रहरी कार्यालय डाँडाकोनाकको समन्वय र लेखनाथ सामुदायिक सेवा केन्द्रको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम भएको हो ।

सेवा केन्द्रकी उपाध्यक्ष गङ्गा खनालले समाजमा हुने विभिन्न किसिमका हिंसा, विकृति विसंगति रोकथामका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिन् ।

कार्यक्रमा संस्थाका अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला समन्मय कास्कीकी उपाध्यक्ष सावित्री भण्डारी, सामुदायिक प्रहरी जिल्ला सेवा केन्द्रका उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, संस्थाका संस्थापक अध्यक्ष मोती गिरी, लेखनाथ खानेपानी उपभोक्ता समितिकी सचिव रक्षा भट्ट्राईलगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ