arrow

मित्रमिलन सहकारीका पूर्वअध्यक्ष भट्टराईसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
bharat-bhattrai-subash-adhikari-mitramilan.jpg

पाेखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष भरत भट्टराई र गैह्र सदस्य सुवास अधिकारी पक्राउ परेका छन् ।

प्रहरीले सहकारीको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न रही फरार रहेका उनीहरुलाई जेठ २५ गते तनहुँको कोत्रेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आज कास्की जिल्ला अदालतमा पेस गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका पूर्वअध्यक्ष भट्टलाई र गैह्र सदस्य अधिकारी पोखरा महानगरपालिका वडा नं.२१ कृस्ती निवासी हुन् ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकारसमेत रहेका अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धि सागर पौडेल पुर्पक्षका लागि थुनामै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ