arrow

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हरायो इक्वेडरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
football-argentina-24-6-10.jpg

काठमाडौँ । विश्व च्याम्पियन अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितमा खेलको ४० औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ