arrow

नेपाल र भारतबीचको सहमति कार्यान्वयनमा सन्तोषजनक प्रगति भइरहेको जयशङ्करको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
prachanda-jayshankar-81-2-2.jpg

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।   

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए । 

भेटमा प्रधानमन्त्रीकी पुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारी तथा भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ