arrow

बैंकका बेइमानी

सेञ्चुरी बैंक प्रकरणमा सीआईबीले तान्यो सञ्चालक समिति, प्रचण्डको निर्देशन अलपत्र 

सीआईबीले सोमबार तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई गर्‍यो पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
cib-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । व्यवसायिक क्षेत्रमा व्यक्तिमाथि अनुसन्धान गर्दा पक्राउ नगरी अनुसन्धान गर्न प्रधानमन्त्रीले दिएको भनिएको निर्देशन उल्लंघन भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । 

यसरी पक्राउ पर्नेमा सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल छन् । उनीहरु तत्कालिन सेञ्चुरी बैंकमा सञ्चालक समितिमा थिए । अध्यक्ष श्रेष्ठ कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठका भाइसमेत हुन् । 

उनीहरुलाई ठगीको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसको अर्थ देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाइँलाई कमसल धितोमा ऋण दिएको विषयलाई बैंकिङ कसुर नभएर ठगीको रुपमा अर्थ्याउन खोजेको बुझिन्छ । 

यसअघि सोही प्रकरणमा पक्राउ परेका तत्कालिन सञ्चुरी बैंकका सीईओ तुलसीप्रसाद गौतम र प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने लगायत १० जनालाई हाजिरी जमानीमा १५ दिनपछि हाजिरी जमानीमा रिहा गरिएको थियो । 

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा अरुण चौधरी तथा सेञ्चुरी बैंक प्रकरणामा १० जना बैंकर पक्राउ गरिएपछि निजी क्षेत्रले यसको विरोध गरेको थियो । 

चर्को विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बोलाएर जथाभावी व्यवसायी पक्राउ नगर्न निर्देशन दिएका थिए । तर, बाहिरै बसेर अनुसन्धान गर्नसक्ने अवस्था हुँदाहुँदै फेरि सीआईबीले पक्राउ थालेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ