arrow

सिंगापुरबाट आएका स्वयंसेवकले दिए पोषण र व्यक्तिगत सरसफाइबारे प्रशिक्षण

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ जेठ २८ सोमबार
singapore-redcorss-kavre.jpg

काभ्रे । स्वयंसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वयंसेवकले तेमाल गाउँपालिका वडा नं ७ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा पोषण, व्यक्तिगत सरसफाइ, स्वच्छताबारे कक्षा लिएका छन् । 

प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले सो विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीलाई धात धुने तरीका, व्यक्तिगत सरसफाइ र स्वास्थ्यको ख्याल कसरी गर्ने भनेर सिकाएका थिए । 

टोली प्रमुख मुक्सिन विन दहलान, चेन केजिन, गेराडिन एगारो, सेवास्टिन अनिता रोज, अनिशा विन्ते, टान केन्नाथ, प्रिवेन सुरज सन्त कुमारसहित स्वयंसेवकको टोलीले अभिभावक र शिक्षक, कर्मचारीलाईसमेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोग र यसका जोखिमबारे अभिमुखीकरण गराएको प्रारम्भका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन् ।  

मनोरोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ, नर्स मनिषा श्रेष्ठ लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । संस्थाले सबै विद्यार्थीको लागि ब्रस, मञ्जन, साबुन, अभिभावकलाई सातु लगायतका पोषणा सामग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ । 

सो विद्यालय र वडा कार्यालयको लागि १–१ वटा र स्वास्थ्यचौकीको लागि २ वटा गरी ८ लाख बराबरको फिल्टर सहयोग गरेको छ । चापाखोरी स्वास्थ्य चौकीको लागि संस्थाले रक्तचाप नाप्ने मेसिन पनि सहयोग गरेको छ । 

संस्थाले बुधबार पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई सहयोग गर्दैछ । प्रारम्भले सिंगापुर रेडक्रससँगको सहकार्यमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रममा तेमाल वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडा र विद्यालयको लागि गरेको सहयोग प्रति आभार प्रकट गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ