arrow

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहन्छ – ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
ishwor-pokhrel-new.jpeg
तस्बिर-फाइल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । 

एमाले मकवानपुरको १२औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई आज हेटौँडामा पद तथा गोपनीयताको शपथ गराउँँदै उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताए । 

“राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक छ । त्यसका लागि सबै दल एक ठाउँमा उभिन जरुरी छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमाले सधैँ राष्ट्रिय स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिरहेको छ । हामी राष्ट्रको भौगोलिक अखण्डताको रक्षा गर्न सधैँ दृढ रहने छौँ ।” 

उनले पार्टीका नेता, कार्यकर्ता तथा पार्टी निकट भ्रातृ सङ्गठन तथा शुभेच्छुक सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

एमाले मकवानपुरको यही जेठ १८, १९ र २० गते हेटौँडामा १२औँ अधिवेशन सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ