arrow

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
kaski-winner.jpg

पोखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा कास्कीले तनहुँलाई टाइब्रेकरमा ४-३ ले स्तव्ध पारेको हो ।

निर्धारित समयमा कास्की र तनहुँबाट गोल हुन जसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

विजेता कास्कीले दुईलाख, उपविजेतामै चित्त बुझाएको तनहुँले एक लाख रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका सन्तबहादुर गुरुङ घोषित भए । उनले नगद रु १० हजार पुरस्कार हात पारे ।

कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए । उनीहरु सबैले जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ