arrow

घरमा खेल्नुपर्ने फुटबल साउदीको मैदानमा, विश्वकप छनोटमा नेपालले यमनसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
nepal-football-81-2-29.jpg

काठमाडौँ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दैछ । साउदी अरेबियास्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११ः४५ बजेदेखि शुरु हुनेछ ।

यसअघि गत बिहीबार खेलेको खेलमा नेपाल यूएईसँग ४–० ले पराजित भएको थियो । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यु’ को रुपमा साउदी अरेबियामा खेलेको हो । 

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

समुह एचमा रहेको नेपालले यस विश्वकप छनोटमा लगातार पाँचौँ हार बेहोरेको छ  । नेपाल यसअघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २(० ले पराजित भएको थियो  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ