arrow

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
gandaki-province-niti-programm.jpg

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि नीति तथा कार्यक्रम गण्डकी प्रदेशसभामा आज प्रस्तुत भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत संघीयताको सवलीकरणमा जोड दिएको छ । संघ, प्रदेश र स्थानीय तह बीच सहकारिता, सहअस्थित्व र समन्वयमा आधारित सम्वन्धलाई थप प्रभावकारी हुने गरी कार्यक्रम र वित्तीय व्यवस्थापन गरिने उल्लेख छ । 

सरकारले हरित अर्थतन्त्र र जलवायू अनुकलनका कार्यक्रम, हरित अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने तथा जलवायु अनुकुलनका कार्यक्रमलाई जोड दिइने भएको छ ।

विकास निर्माणका कार्यक्रम विपद् संवेदनशील हुने र चालु खर्च कम गर्ने र वितरणमुखी कार्यक्रमलाई नियन्त्रण गर्ने नीति सरकारले लिएको छ । 

दोस्रो पञ्चवर्षीय योजनाले प्राथमिकता निर्धारण गरेका क्षेत्रमा स्रोत सुनिश्चितता गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ