arrow

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
ramchandra-poudel-zeneva.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटन सत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गरे। त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँ स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित थियो। 

जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधवार  स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गर्नेछन्। त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनेछिन्। प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहने छन्। राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ