arrow

व्युँझियो चीन, नतिजा आएको आठ दिनपछि दियो मोदीलाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
narendra-modi-24-6-9.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ । चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।

चिनियाँ प्रधानमन्त्रीले बधाई दिँदै भनेका छन्,  ‘चीन–भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ’, ली छ्याङले थप भने, ‘दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए । विश्वले नै मोदीलाई बधाई दिइसकेपछि छिमेकी चीनले बल्ल मोदीलाई बधाई दिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ