arrow

'पृथ्वीको तापक्रम कम गर्न महानगरले प्रमुख भूमिका खेल्ने'

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
c40n-cities.jpeg
पेरिस। पृथ्वीमा मौसम परिवर्तनसम्बन्धी विश्वव्यापी लक्ष्य पूरा गर्न विश्वका महानगरहरूले एक दशकभित्र संयुक्त रूपमा करिब आधा कार्बन अवशेष कटौती गर्नुपर्ने बिहीबार एक विश्लेषणमा देखिएको छ । यसै साता मेक्सिको नगरमा भेला हुने ८४ महानगरका मेयरहरूले कार्बन प्रदूषण कम गर्न दीर्घकालीन बचनबद्धता व्यक्त गर्नुहुने सी ४० नामक सहरी शिखर सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् । 
 
यस संस्थाले जारी गरेको प्रतिवेदनमा यसका लागि तत्कालै काम गर्नैपर्ने उल्लेख गरिएको छ । सी४० नामक संस्था महानगरको विश्वव्यापी सञ्जाल हो । यसका कार्यकारी निर्देशक मार्क वाट्सले पेरिस सम्झौताको महत्वाकाँक्षी भागमा विश्वका महानगरहरूले योगदान दिनसक्ने वा नसक्ने भन्ने कुरा आउँदो चार वर्षमा निर्धारण हुने बताए । 
 
तीनदिने सम्मेलन अगाडि उनले पत्रकारहरूलाई नगरहरूले उग्र रूपमा काम नगरे १९६ मुलुकको मौसमसम्बन्धी सम्झौता कार्यान्वयन हुन नसक्ने बताए। उक्त सम्झौतामा गत डिसेम्बरमा फ्रान्समा हस्ताक्षर भएको थियो । पेरिस सम्झौतामा विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा माथि पुर्‍याउन दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने उल्लेख गरिएको छ । 
 
उक्त सम्झौतामा राखिएको र मुलुकहरूले बचन दिएको कार्बन कटौतीलाई हेर्दा पृथ्वीको तापक्रम तीन डिग्री सेल्सियसले बढ्ने देखिन्छ । वैज्ञानिकहरूले त्यसैले पनि पृथ्वीको मौसममा ठूलो प्रभाव पार्ने बताएका छन् । हाल पृथ्वीको तापक्रमका कारण यस ग्रहमा सुखा, ठूला आँधी लु चल्ने गरेको र समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा बाढी आउने गरेको बताइन्छ । मुलुकहरूले आफ्नो बचनबद्धतामा धेरै वर्षसम्म पुनरावलोकन गरेका छैनन् । 
 
न्यु योर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले विश्वको तापक्रमको नराम्रो प्रभाव पर्न नदिन नगरहरूले आउँदा दिन तथा वर्षमा ठूलो भूमिका खेल्नुपर्ने बताउछन् । उनि संयुक्त राष्ट्रसङ्घको मौसम परिवर्तनका विषयमा विषेश दूत तथा सी४० संस्थाका अध्यक्ष समेत हुन् । 
 
ब्लुमबर्गले पत्रकारहरूलाई महानगरका मेयरहरूले यो कुरा उनीहरूको अभिरुचिको विषय भएको थाहा पाएको बताए । सी ४० मुलुकमा ९० नगर सदस्य छन् र उनीहरूले ६५ करोड जनतालाई आवास दिएका छन् । एक सय पृष्ठको यस प्रतिवेदनको नाम ‘‘डेडलाइन २०२०’’ रहेको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ