arrow

झिलीमिली भयो महाभारत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
bijuli-batti.jpg

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको बिजुली जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन्।

२०७५ सालबाट यहाँ विद्युतीकरण सुरू भएकोमा यही जेठ महिनाभित्र सम्पन्न भएको हो। गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए।

पालिकामा अहिलेसम्म तीन हजार चार सय ३० वटा मिटरबक्स वितरण भइसकेको र ती सबै घरमा बत्ती बलिसकेको उनले जानकारी दिए।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्णविद्युतीकरण पालिका घोषणा गर्ने कार्यक्रम रहेको पनि गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए।

'अब हामी पूर्णविद्युतीकरण पालिका भइसकेका छौं,' उनले भने, '२०७५ सालदेखि सुरू गरेको विद्युतीकरण २०७६ सालदेखि कार्यान्वयनमा ल्याएका हौं र हाल ती सबै काम पूरा गर्न सफल भएका छौं।'

विद्युत जोडिएपछि गाउँमा साना उद्योगसमेत सञ्चालनमा आएको उनले बताए। 

विद्युत जडान भएपछि यहाँका नागरिकले पिठो पिस्ने मिल, दूध मिल, चिस्यान केन्द्र तेल पेल्ने मिल र कफी सफा गर्ने मेसिन लगायत साना घरेलु उद्योग सञ्चालनमा ल्याएका छन्।

 

महाभारत गाउँपालिका-४ कलवानका स्थानीयवासी दिपेश लामाले बत्ती बलेपछि निकै उत्साह बढेको बताए। यसअघि बालबालिकालाई पढाउन टुकी बत्तीको सहारा चाहिने बाध्यता अन्त्य भएको उनको भनाइ छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ