arrow

जयशंकरलाई श्रेष्ठको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
Jayashankar.jpg.jpeg

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी एस जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् ।
 
उपप्रधानमन्त्री श्रेष्ठले टेलिफोन वार्तामा जयशंकरलाई विदेश मन्त्रीमा पुनः नियुक्त भएकामा बधाई दिँदै नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे कुराकानी गरेको बताए ।
 
त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक लाभकारी सहयोगलाई अझ अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताएको उल्लेख गरेका छन् ।
 
यसैगरी भारतीय विदेश मन्त्री जयशंकरले पनि न्यानो भावनात्मक शुभकामना र बधाईका लागि उनलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन् । 

विदेश मन्त्री जयशंकरले द्विपक्षीय मित्रतालाई अगाडि बढाउनका लागि मिलेर काम गर्न तत्पर रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ