arrow

सांसद शर्माको टोली सिन्धुलीमा, ९६३ बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
kmc-81-2-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुलीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

कारितास नेपालको आयोजनामा सिन्धुलीको महेन्द्र झ्याडी प्राथमिक स्वास्थ्य केन्द्र हरिहरपुर गडीमा भएको स्वास्थ्य शिविरमा ९६३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०३ जनाको ईसीजी, १४७ जनाको ल्याब परीक्षण र १२१ जनाको भिडियो एक्सरे गरिएको थियो ।

३५ जनाको दाँत खोलिएको थियो भने ४३ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ