arrow

महिला बालबालिका मन्त्री चौधरीको निर्लज्ज व्यवहार, बजेट विनियोजनको आधा कार्यक्रम आफ्नै क्षेत्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
bhagwati-chaudhary-budget-u.jpg

काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो जिल्ला सुनसरीमा मात्रै मन्त्रालयसँग सम्बन्धित ८९ वटा कार्यक्रम राखेकी छिन् । आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्री चौधरीले त्यस्तो कार्यक्रम राखेकी हुन् । 

मन्त्रालयले लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम ३ करोड ८४ लाख रुपैयाँ, सामाजिक विकास कार्यक्रममा ४ करोड ९४ लाख र बाल विकास कार्यक्रममा ८० लाख गरी तीन वटा कार्यक्रम सञ्चालन गरेको छ । यी तीन शीर्षकमा ९ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४ करोड ६७ लाख रुपैयाँ बराबर आफ्नै क्षेत्रका लागि छुट्याएकी छिन् । जुन ४८.७४ प्रतिशत हो । 

पहिलो कार्यक्रमका लागि ९६ वटा कार्यक्रम राखिएकोमा सुनसरीका लागि २२ वटा कार्यक्रममा १ करोड २६ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ । यो ३३ प्रतिशत बराबर हो । 

त्यस्तै दोस्रो सामाजिक विकास कार्यक्रम अन्तर्गत १४० वटा कार्यक्रममध्ये ५६ वटा कार्यक्रम सुनसरी जिल्लाका लागि छुट्याइएको छ । यो क्षेत्रका लागि मात्रै २ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ जुन यो शीर्षकमा देशभरको विनियोजित बजेटको तुलनामा ५५.०६ प्रतिशत हो । 

त्यस्तै बाल विकास कार्यक्रम शीर्षकमा कुल २९ मध्ये १२ वटा कार्यक्रम सुनसरीका लागि राखिएको छ । यो शीर्षकको ८० लाखमध्ये ६८ लाख ५० हजार रुपैयाँ सुनसरीका लागि मात्रै छुट्याइएको छ । यो कुल विनियोजित बजेटको ८५.६२ प्रतिशत बजेट हो ।

एमाले नेतृ चौधरी २०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखिकै अपराजित विजयकुमार गच्छेदारलाई हराएर सांसद बनेकी उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएका थिए । मन्त्री भएपछि आफू निर्वाचित क्षेत्रप्रति केही उदार हुनु राजनीतिमा स्वभाविक नै भए पनि मन्त्री चौधरीको भने अत्यन्तै अशोभनीय देखिन्छ । 

नयाँ आवको बजेट विनियोजन हेर्दा उनी मन्त्री नभएर सुनसरीकै कुनै स्थानीय तहको मेयर भएकोजस्तो निर्लज्ज व्यवहार देखाएकी छिन् । 

बजेटमा संशोधन नहुने भएकोले मन्त्रीहरुले गर्ने मनलाग्दीको चरम नमुना चौधरीले आफ्नो मन्त्रालयको विनियोजनमा देखाएकी छिन् । यतिले मात्रै नभएर प्रधानमन्त्री छोरी सशक्तिकरण कार्यक्रममा बजेट कम भयो भनेर आक्रोश पोख्दै आएकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ