arrow

पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
pathibhara-darshan-2080-07-.jpg
तस्बिर-फाइल

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै छन् ।

अभियानका क्रममा गुराँस प्रजाति, धूपी, सिमल, लोट सल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ ।

जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्यालयअन्तर्गतका नर्सरीबाट बिरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षरोपणको अभियान थालेको केलबार निर्माण खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले राससलाई बताए ।

उनले भने, “आज सेवा पूजासहित बृहत् वृक्षरोपण गर्ने अभियान सुरु गर्यौँ । अभियान असार १५ गतेसम्म जारी रहने छ ।”

पाथीभरा केबलकार निर्माणका लागि गत वैशाख अन्तिम साता रुख काटेको थियो ।

राष्ट्रिय फूल गुराँसका बोट काटिएकामा समितिले विरोध गरेको छ ।

वन फँडनी भएको क्षेत्रमा विरुवा रोपिने संयोजक फेम्बूले बताए । पाथीभरा क्षेत्रमा चार वर्ष डढेलो लाग्दा धेरै बोटबिरुवा नासिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ