सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि भीड, टाइम कार्डअनुसार आउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
872
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यलय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।
विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा जेष्ठ नागरिक लागायत सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिदै सोहि अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।