arrow

थाइल्याण्डमा नयाँ राजा घोषित, युवराज महावचिरालङकनले सिंहासन

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
thai-raja.jpeg
बैंकक । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित भएका छन् । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोम्बर १३ मा निधन भएपछि युवराजलाई राजा बनाइएको हो । 
 
झण्डै डेढ महिनाअघि पिता भूमिबोल अदुल्यादेजको निधनपछि युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको हो ।
 
बिहीबार थाइल्याण्डको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए ।
 
थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ । तर युवराज आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेमा भने आशंका गरिएको छ ।
 
६४ वर्षीय महावचिरालङकनलाई आफ्नो बाबुको मान र सम्मान राख्न भने निकै चुनौती हुने अनुमान गरिएको छ ।



नयाँ