arrow

कालोबजारी गर्ने व्यवसायी पक्राउ; कालिञ्चोक आयल स्टोरमा सिलवन्दी

logo
प्रकाशित २०७२ पुष १ बुधबार
arrest.jpg.jpeg
श्याम खतिवडा, दोलखा। पेट्रोलियम पदार्थको कालोबजारी गरेको अभियोगमा दोलखाको मैनापोखरी स्थित एक पेट्रोल पम्पमा स्थानिय प्रशासनले सिल गरेको छ । दोलखाको काब्रे गाविसस्थित मैनापोखरीमा रहेको कालिञ्चोक आयल स्टोरले निर्धारित मुल्य भन्दा बढी शुल्क लिएर डिजेल बेचेको भन्दै उपभोक्ताले स्थानिय प्रशासनमा उजुरी गरेपछि मंगलबार साँझ पम्पमा सिल गर्दै प्रहरीले सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरेको छ । 
 
लामिछानेले १ सय २० देखी १ सय ५० रुपैँया सम्ममा डिजेल बेचेको भन्दै उपभोक्ताले दिएको लिखित उजुरीका आधारमा सिल गर्दै पक्राउ गरिएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले जानकारी दिए। ‘उपभोक्ता र स्थानियले लिखित उजुरी गर्दै गुनासो गरेपछि पम्पमा सिल गर्दै सञ्चालकलाई गिरफ्तार गरेका हौँ’ आलेले भने । 
 
सञ्चालक लामिछानेले महंगोमा तेल बेचेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘सामान्य सोधपुछका क्रममा आफुले निर्धारित मुल्य भन्दा बढीमा तेल बेचेको उनले स्विकार गरेका छन्’जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले बताएका छन्। सञ्चालकलाई कालोबजारी ऐन अन्तर्गत जिल्ला अदालतमा मुद्धा दायर गरिने सुनुवारले जानकारी दिएका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ