arrow

फेरि अल्झनमा प्रदेश सरकार

पार्टीकाे ह्वीप उल्लंघन गरेका देवकोटा पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
surendraraj-panday-phadindra-devkota.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशसभामा सदस्य तथा सरकारका ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् ।

सभामुख कृष्णप्रसाद धितालले आजको प्रदेशसभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाएका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरेर उनले कांग्रेस नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लडेर जितेका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको भन्दै आफूलाई माओवादीको ह्वीप नलाग्ने तर्क गर्दै आएका थिए ।

संविधानको धारा १८० मा प्रदेशसभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्थाबमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेशसभा नियमावली २०८० को नियम २०७ अनुसार प्रदेशसभामा जानकारी गराएका हुन् ।

यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिने र सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।

सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि जाने निश्चित छ । तर उनी मुख्यमन्त्रीले चाहेमा ६ महिनाका लागि मन्त्री नियुक्त हुन सक्छन् ।

उनलाई अब न्यायाका लागि सार्वेच्च अलालत जाने बाटो खुला छ । उनले फ्लोरक्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका थिए ।

तब मात्र मुख्यमन्त्री पाण्डेका पक्षमा बहुमत पुगेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका थिए । उनी कारबाहीमा परेपछि प्रदेशको सरकार के हुन्छ अन्योल छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ