arrow

कांग्रेसमाथि चौतर्फी आलोचना भइरहेको भन्दै कोइरालाले गरे पार्टी छाडेकालाई फर्किन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
shekhar-koirala-81-2-32.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरुलाई कांग्रेसमा फर्कन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाईसमेत सक्रिय हुन आग्रह गरे । 

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताएका छन्

। कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।

कोइराला भने, "यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो।"

जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे ।

"हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमि कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौं"- कोइरालाले भने ।

गुटबन्दीले पार्टी थिलथिलो बनेकोसमेत उनले बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरु पछाडि पर्दै गएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ