arrow

राप्रपा विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
rajendra lingden.jpg
तस्बिर-फाइल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारीमा हेरफेर गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनले भने, “पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा रहने, संयोजित सङ्गठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह-महामन्त्री धनबहादुर बुढा तथा युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई तोकिएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ