arrow

निर्वाचन प्रणालीमा सुधार आवश्यक : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
shekhar-11-01.jpg
तस्बिर-फाइल

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

उनले भने,“नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ ।”

मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्दर्भमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको रहेको स्पष्ट पारे । 

पटक-पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले तर्क छ । 

नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए ।  

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले   राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको रहेको बताए । 

अर्का केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले मिटरब्याजसम्बन्धी कानुन सच्याउनुपर्ने माग गरे । 

सांसद रामकृष्ण यादवले कांग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनपर्छ भने ।  

कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेश सभासदस्य कृष्ण यादवले मधेसलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राखे । 

एसोसिएसन अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभासदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको स्पष्ट पारे । 

सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेस प्रदेशका पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा कानुनी र वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ