arrow

गण्डकीले ल्यायो ३३ अर्बको बजेट [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
takraj-gurung-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले सो बराबरको बजेट प्रस्तुत गरे । 

त्यसमध्ये पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार र चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि यो वर्ष ३ करोड छुट्याइएको छ ।  

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित २ अर्ब ९४ करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त ९ अर्ब ६१ करोड १२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त ७ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ र सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत १ अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदान बापत ६५करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

सर्वोच्च अदालतको फैसला बमोजिम दुई साता अघिमात्रै गठन भएको काँग्रेस नेतृत्वको सरकारले  सरकाल केही दिन अघि मात्रै गठन भएको सरकारले यो बजेट ल्याएको हो । उक्त सरकारले अहिले विश्वासको मतसमेत प्राप्त गरिसकेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ