arrow

अठ्तीस अर्ब  ९६ करोडको बजेट ल्यायो लुम्बिनीले  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
lumbini-budget-81-82-teknar.jpg

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री  चेतनारायण आचार्यले सो बराबरको बजेट प्रस्तुत गरे । 

त्यसमध्ये, पूँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख  र चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार छुट्याइएको छ ।  

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड २१ लाख रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित २ अर्ब रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त १२ अर्ब १ करोड ५० लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ५० करोड १७ लाख रुपैयाँ तथा स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने रकम २ अर्ब ९२ करोड १९ लाख प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त ८ अर्ब २८ करोड ६४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ४ अर्ब १९ करोड ३३ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत ७९ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान बापत ७४ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ